अछाममा एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि
- Eraibar
- २०७७ असार १६, मंगलवार २०:२६
- 10 Shares

अछाम असार १६(ई-रैवार)
आईतबार अछामका वयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षिय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ । अछामको रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए।
उनको असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको थियो। उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसिरहेका थिए।
असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो।
आकश्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो। योसंगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या सात पुगेको छ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८





प्रतिकृया दिनुहोस्