April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

धनगढी असार ७(ई-रैवार)

सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ ।

काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

आज थपिएका मध्ये सबैभन्दा बढि कैलालीका २९ जना रहेको श्रेष्ठले जानकारी दिए। यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई/दुई जना रहेका छन्। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार २४ पुगेको छ।