May 2, 2026, Saturday
२०८३ बैशाख २०

लकडाउनमा कतारमा अड्किएका २० शब ल्याईए

काठमाण्डौं असार ५(ई-रैवार)

चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव नेपाल आएका छन्। कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट विदेशमै अड्किएका शव पनि आइरहेका हुन् ।

बोर्डका अनुसार विदेशबाट आएका शवको पहिचान र नेपालभित्रै पठाउनु पर्ने जिल्लाको सबै विवरण आउन केही समय लाग्ने छ।

अहिले अनुमानित विवरण आएको र शवको विस्तृत पहिचान र एकिन संख्या आउन केही समय लाग्ने बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।

‘हामीले नेपाल आइपुगेका शवलाई सम्बन्धित जिल्लामा पुर्‍याउनका लागि गाडीको व्यवस्था गरिरहेका छौं। तर यसको एकमुष्ट विवरण आउन भने समय लाग्छ,’ उनले भने।

सुवेदीले शवलाई विदेशबाट नेपाल ल्याउने र काठमाडौंबाट जिल्ला पुर्‍याउनेसम्मको खर्च व्यवस्थापन बोर्डले गरिरहेको जानकारी दिए।