पत्रकारको रगतले वृद्धको ज्यान जोगियो
- Eraibar
- २०७७ असार ५, शुक्रबार ०९:३१
- 9 Shares

बाजुरा असार ५(ई-रैवार)
बाजुराका तिनजना अगुवा पत्रकारको रगतले एकजना ७० वर्षिय वृद्धको ज्यान जोगिएको छ ।
बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका ७० वर्षीय वृद्ध गोरे गुरुङको शरीरमा पानीको मात्रा बढी र रगतको मात्रा कम भएपछि ज्यानको जोखिम भएको थियो । सोही अवस्थामा नेपाल पत्रकार महासंघ बाजुरा-बझांगका संस्थापक सभापति एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित, नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले र नेपाल पत्रकार महासंघका सचिव प्रेम विकले एक/एक प्वाईन्ट रगत प्रदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीका प्रयोगशाला इन्चार्ज जगत शाहीको आग्रहमा पत्रकारहरूले रगत प्रदान गरेका हुन ।
रगत पाएपछि बृद्ध गुरूङको ज्यान बचेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्