April 18, 2026, Saturday
२०८३ बैशाख ५

हजुरआमाको हत्या आरोपमा डडेल्धुराका एक युवक पक्राउ

डडेल्धुरा जेठ २९(ई-रैवार)

आफ्नै हजुरआमाको हत्याको अभियोगमा डडेल्धुराका अएकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । गन्यापधुरा गाउँपालिका–२ का २४ बर्षिय रोशनराज गिरिलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई गाउँभन्दा १० किलोमिटर टाँढा अमरगढी नगरपालिका–११ फिन्नेकोटको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बुधबार बेलुकी करिब सात बजेतिर पक्राउ परेका गिरिले आफ्नी हजुरआमा ७३ बर्षिया राधादेवि गिरीलाई धान कुट्ने मुसलले हिर्काई हत्या गरेको आरोप छ । सो घटनापछि वृद्धा गिरीको टाउकोमा गहिरो चोट लागेको र  उपचारका लागी लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनायो ।