डडेल्धुरामा ट्रक दुर्घटना, चालकको मृत्यु

डडेल्धुरा जेठ २६(ई-रैवार)
डडेल्धुराको ट्रक दुर्घटना हुदा चालकको मृत्यू भएको छ । कपिलबस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना५ख २२४६ नम्बरको ट्रक अमरगढी नगरपालिका-१० मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा बैतडीको पाटन नगरपालिका-८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव बिष्टको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
कतिबेला दुर्घटना भयो भन्ने यकिन नभएको उक्त ट्रक शनिबार राति ११ बजे स्याउले ट्राफिक प्रहरी पोष्टमा दर्ता भएको देखिएको छ । स्याउलेदेखि दुर्घटना भएको क्षेत्र चार किलोमिटरको दुरीमा भएकाले ट्रक शनिबार राति नै दुर्घटना भएको हुने सक्ने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
आइतबार गोठालाहरूले ट्रक दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ट्रक सडकबाट १५ मिटर तल खोलामा खसेको डीएसपी न्यौपानेले बताए ।





प्रतिकृया दिनुहोस्