बाजुरामा कोरोना आशंकामा आईसोलेसन भर्ना गरिएका बालिकाको मृत्यु
- Eraibar
- २०७७ जेष्ठ १८, आईतवार १०:१६
- 8 Shares

बाजुरा जेठ १८(ई-रैवार)
कोरोनाको आशंकामा बाजुरा जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना गरिएका बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको हो।
अस्पतालको आईसोलेसन भर्नापछि ति बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाईसकेको अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए । यद्यपी त्यसको रिपोर्ट भने नआएको उनले बताए।
आठ दिन अघि भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाईनमा राखिएको थियो। अवस्था जटिल भएपछि जेठ १५ गते सदरमुकाममा रहेको आइसोलेसनमा भर्ना गरिएको थियो। बालिकामा झाडापखला, ज्वरो, श्वासप्रश्वास सम्बन्धीत समस्या देखिएको चिकित्सकले बताएका छन । आईसोलेसनमा आमाबुबासँगै बालिकालाई पनि राखिएको थियो।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्