आर्थिक अभावमा घर फर्किएकी जटिल गर्भवतीलाई नगर उपप्रमुखले उद्धार गरिन

बाजुरा जेठ १७(ई-रैवार)
जटिल प्रसुतीको सम्भावना रहेकी बाजुराकी २२ वर्षिया गर्भवती पवित्रा सार्कीको उद्धार गरिएको छ । बडीमालिका नगरपालिका-९ की गर्भवती सार्कीलाई जिल्ला अस्पताल बाजुराले जटिल प्रसुतीको अवस्थालाई मध्यनजर गर्दै शुक्रबार धनगढी रेफर गरेको थियो । तर सार्कीको परिवारसंग एम्वुलेन्स, यात्रा र उपचारका लागि आवश्यक पैसा नभएपछि घर फर्किएका थिए ।
समस्याबारे थाहा पाएपछी बडीमालिका नगरपालिकाकी उप प्रमुख कविता विष्टले घरमै पुगेर गर्भवती महिलाको उद्धार गरेकी छन् । नगरपालिकाको एम्बुलेन्स मार्फत उद्धार गरेर आवश्यक उपचार सहितको प्रसुती सेवाका लागि सार्कीलाई धनगढी पठाईएको उपप्रमुख बिष्टले बताईन ।
सार्कीको यसअघि दुईपटक शल्यक्रियाबाटै बच्चा जन्माएको जिल्ला अस्पताल बाजुराले जनायो । यसपटक पनि सोही अवस्था देखिएकाले जटिल शल्यक्रिया हुने र त्यसका लागि आईसीयू चाहिनसक्ने भएकाले धनगढी रेफर गर्नुपरेको जिल्ला अस्पताल बाजुराका डाक्टर शेरबहादुर साउँदले बताए । अस्पतालले जेठ २२ गते सार्कीले बच्चा पाउने मिति दिएको छ । अस्पतालले दुई हप्ता पहिला नै सुविधा सम्पन्न ठाउँ लग्ने भनि सकेको छ । तर १५ गते मात्र रिफर कागज बनाउन आएको र रिफर गरीसकेको अस्पतालले जनाएको छ ।





प्रतिकृया दिनुहोस्