April 18, 2026, Saturday
२०८३ बैशाख ५

युवा अभियान्ता मल्लद्वारा राहत सामाग्री प्रदान

जितेन्द्र बोहरा

जोरायल वैशाख २९(ई-रैवार): युवा सामाजिक अभियान्ता दीपजङ्ग मल्लले जोरायल गाउँपालिका-१मा राहत प्रदान गरेका छन् । लकडाउनका कारण विपन्न र दैनिक मजदुरी गरेर खाने वर्गलाई परेको समस्यालाई मध्यनजर गर्दै एक लाख बराबरको खाद्यान्न राहत स्वरूप प्रदान गरेका हुन ।

उनले जोरायल गाउँपालिका-१ वडा अध्यक्ष भजन सिंह मल्ललाई हस्तान्तरण गरेका छन । समाजिक अभियन्ता मल्लले आफ्ना साथीभाई  नातेदार अनि सामाजिक कार्यकर्ताहरुबाट उक्त राहत संकलन गरेका हुन ।

जोरायल गाउँपालिकाले सो वडामा करिब डेढसय जनालाई राहत उपलब्ध गराएको थियो । जसले सबै विपन्न नसमेटिएकोले  उपलब्ध राहत सामाग्रीले सहयोग पुग्ने अभियान्ता मल्लले बताए ।

वडामा कार्यबिधी अनुसार राहात वितरण गरिएको र प्राविधिक कारणले छुटेकाहरूलाई उपलब्ध राहत प्रदान गरिने वडाध्यक्ष भजनसिँह मल्लले बताए ।