April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीका २१ वर्षिया संक्रमित राज सञ्चो भएर अस्पतालबाट डिस्चार्ज

धनगढी वैशाख ७(ई-रैवार)
कैलाली प्रतापुरका नोवेल कोरोनाभाईरस (कोभिड-१९) संक्रमित २१ वर्षिया राज विक पूर्ण सञ्चोहुँदै घर फर्किएका छन् ।
दोस्रो पटकको परिक्षणमा नतिजा नेगेटिभ आएको र पूर्ण सञ्चो भएपछि उनलाई १६ दिनपछि सेती प्रादेशिक अस्पतालले आईतबार डिस्चार्ज गरेको हो ।
चैत १२ गते भारतबाट घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।
अब सेती प्रादेशिक अस्पतालमा चारजना संक्रमितको उपचार भईरहेको छ। अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो।