April 18, 2026, Saturday
२०८३ बैशाख ५

सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा बन्द

धनगढी चैत्र २(ई-रैवार)
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले अनिश्चितकालका लागि प्रसुती सेवा बन्द गरेको छ । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसुती सेवा बन्द हुने जानकारी दिएको हो।
प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शैया आवश्यक रहेकाले प्रसुती सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा भनिएको छ। यो अवधीमा आमा सुरक्षा कार्यक्रम लागु भएको धनगढीकै नवजिवन अस्पतालबाट सेवा लिन समेत आग्रह गरिएको छ।