नेविसंघ नेताहरुद्वारा प्रहरीलाई बिस्कुट र पानी प्रदान

धनगढी चैत्र ३०(ई-रैवार)
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ कैलालीका नेताहरुले जोखिममा सुरक्षार्थ खटिने प्रहरीलाई विस्कुट र पानी प्रदान गरेका छन् ।
जोखिम र अभावका समयमा प्रहरी भोग्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै एक सय २० पेटी पानी र खाजा स्वरुप १० पेटी विस्कुट प्रदान गरेको नेविसंघका नेताहरुले जनाएका छन् ।
नेविसंघ नेताहरु सुमन केसी, मनिष कँुवर, वीपीन कटवाल, निराजन खडका, मानबहादुर बुढा, अशोक थापा र मोहन खडकाले प्रहरीलाई पानी र विस्कुट प्रदान गरेका हुन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय कैलालकिा प्रहरी उपरीक्षक सुदीप गिरीलाई आईतबार सो सामाग्री हस्तान्तरण गरे ।
‘विश्व कोभिड–१९ को महामारीबाट जुझिरहदा पुरै देश ठप्प छ,’ नेविसंघका पूर्व केन्द्रीय सदस्य सुमन केसीले भने,‘यस्तो अवस्थामा दिनरात नभनी, भोकप्यास नभनी सेवा गर्ने प्रहरीको मनोवल उच्च राख्न हामीले थोरै भएपनि पानी र बिस्कुट प्रदान गरेका छौ ।’





प्रतिकृया दिनुहोस्