April 18, 2026, Saturday
२०८३ बैशाख ५

सेनाले स्वाँब लगेका कैलाली-कञ्चनपुर ९२ मध्ये ८८ को रिपोर्ट नेगेटिभ

धनगढी, चैत्र २४(ई-रैवार)
कैलाली र कञ्चनपुरबाट संकलन गरी परीक्षणका लागि नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाण्डौं पठाइएका ९२ जनाको थ्रोट स्वावको नमूना मध्ये ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
चार जनाको थ्रोट स्वाव भने परीक्षणका लागि पुनः काठमाण्डौं पठाईने भएको छ । चार जनाको रिपोर्ट आउन भने केही नि लाग्नेछ ।
कोरोनाको आंशका गरिएका कैलालीका ६९ र कञ्चनपुरका ३२ जनाको थ्रोट स्वाव संकलन गरी परीक्षणका लागि चैत २० गते काठमाण्डौं पठाईएको थियो ।
कैलालीको प्रतापपुरका संक्रमितसंग १४ दिन एउटै कोठामा संगै बस्ने उनको साथीको पनि स्वाव परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो । उनको समेत रिपोर्ट नेगेटिभ आएको कैलालीको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।