April 18, 2026, Saturday
२०८३ बैशाख ५

अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योग खुल्ने

काठमाण्डौँ चैत्र २०(ई-रैवार)
सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र ठूला आयोजना शर्तसहित खोल्नदिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बिहीबारको बैठकले अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको हो।
कोरोना रोकथामका लागि लकडाउन लम्ब्याएसँगै बजारमा अत्यावश्यक वस्तुको अभाव हुनसक्ने भन्दै सरकारले यो कदम चालेको हो। उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर उद्योग चलाउने दिने निर्णय भएको जानकारी दिए ।
त्यसका लागि स्थानीय प्रशासनको अनुमति लिनुपर्ने हुन्छ। सरकारका प्रवक्ता, अर्थमन्त्री डा युवराज खतिवडाले बैठकपछि भने, ‘मुलुकभित्र खाद्य उत्पादन गर्ने उद्योगहरु र अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई त्यही उद्योगभित्र कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउन दिइने छ। अरु पनि उद्योगहरुले आफै आवासीयरुपमा मजदुरहरु परिचालन गरेर स्वास्थ्यका मापदण्डहरु पूरा गरेर चलाउन सक्नुहुन्छ।’