October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

अस्पताल लैजादै गर्दा बाटोमा पुरुषकोे मृत्यु

अछाम चैत्र १७(ई-रैवार)
उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। अछाम जिल्लाको बान्नीगढीजयगढ गाउँपालिका-३ का जगतबहादुर लुहारको बयलपाटा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खडकाले पेट र घाँटी दुःख्ने समस्या देखिएपछि लुहारलाई एम्बुलेन्स मार्फत बयलपाटा अस्पताल लैजाने क्रममा आज मृत्यु भएको जानकारी दिए।
बयलपाटा अस्पतालका प्रमुख डाक्टर विकास गौचनले पनि लुहारलाई उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको पुष्टि गरे। उनले पेट दुखेको भनेपछि एम्बुलेन्स मार्फत अस्पताल ल्याउने क्रममा मृत्यु भएको बताउँदै लुहारमा पहिलेदेखि नै मृगौला सम्बन्धी समस्या रहेको बताए।