चितवनले टस जित्यो, सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायरमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा चितवनले यसअघिकै टोलीलाई निरन्तरता दिएको छ। सुदूरपश्चिम रोयल्सले भने दुई खेलाडी परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा तथा थनुका दबारेको स्थानमा फेबियन एलेनलाई प्लेइङ–११ मा समावेश गरिएको छ।
यो खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ। सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने चितवनले हिजो भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
आजको खेल पिच नम्बर–२ मा भइरहेको छ। यही पिचमा यसअघि पोखरा एभेन्जर्सले २०० रनभन्दा माथिको योगफल बनाएको थियो। त्यसैले दोस्रो क्वालिफायरमा पनि ब्याटिङका लागि अनुकूल पिचमा उच्च स्कोरको सम्भावना देखिएको छ।
फाइनल पुग्ने समीकरण स्पष्ट छ—आज जित्ने टोलीले लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।





प्रतिकृया दिनुहोस्