November 18, 2026, Wednesday
२०८३ मंसिर ३

बडीकेदार पर्यटन विकास समितिलाई १० थान कुर्सी सहयोग

धनगढी । बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिलाई धनगढीस्थित टालो मेन्सवेयरले १० थान कुर्सी सहयोग गरेको छ।

धनगढीको रातोपुलमा रहेको टालो मेन्सवेयरकी सञ्चालक सरस्वती पाल मल्लले समितिका अध्यक्ष उपेन्द्र बमलाई १० थान कुर्सी हस्तान्तरण गरेकी हुन्।

समितिका कार्यकारी अधिकृत गणेशराज जोशीले प्राप्त सहयोगले समितिको कार्यालय व्यवस्थापनसँगै बडीकेदार आउने भक्तजनलाई समेत सहजता पुग्ने बताए। पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रबाट हुने यस्ता सहयोगले सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ।

टालो मेन्सवेयरकी सञ्चालक मल्लले बडीकेदार क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनमा आफ्नो तर्फबाट सानो भए पनि योगदान पु¥याउने उद्देश्यले कुर्सी सहयोग गरेको बताइन्। आगामी दिनमा पनि स्थानीय क्षेत्रको विकास तथा सामाजिक कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले बताइन्।