सुनको भाउ तोलामा ३३ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबारदेखि निरन्तर घटिरहेको सुनको मूल्य बुधबार मात्रै प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ३ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३ हजार ७२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिकृया दिनुहोस्