November 3, 2026, Tuesday
२०८३ कार्तिक १८

जनकपुरले टस जित्यो, विराटनगरविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर विराटनगर किङ्गसविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल केहीबेरमा सुरु हुँदैछ। टस जितेपछि जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने अनुमानका आधारमा पहिले बलिङ रोजेको बताए।

उता विराटनगर किङ्गसका कप्तान सन्दीप लामिछानेले भने बोर्डमा राम्रो योगफल खडा गर्दै त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताएका छन्।

आजको खेलमा दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने योजनामा छन्।