October 27, 2026, Tuesday
२०८३ कार्तिक ११

दार्चुलामा अरिंगालले टोक्दा एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–८ झरकाडा गोगनाडीका अन्दाजी ४८ वर्षीय वीरभद्र जोशीको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार अरिंगालले टोकेपछि घाइते भएका जोशीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक जोशीको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।