एनपीएल : विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका हुन्। अब चितवनले पहिले ब्याटिङ गर्दै विराटनगरसामु लक्ष्य प्रस्तुत गर्नेछ।
चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन्। यसअघिका कप्तान कुशल मल्ल भने आजको प्लेइङ–११ मा अटाएका छैनन्।
टस हारेपछि चितवनका कप्तान बोपाराले आफूले पछिल्ला खेलमा लगातार टस हार्दै आएको उल्लेख गर्दै भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु। अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं।’
विराटनगर र चितवनबीचको खेल मध्याह्न साढे १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो।




प्रतिकृया दिनुहोस्