September 26, 2026, Saturday
२०८३ आश्विन १०

प्रधानमन्त्री बालेन आज स्वदेश फर्कंदै, दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज (असोज १०) स्वदेश फर्कंदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्नेछन्।

प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए। उनले स्थानीय समयअनुसार असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।

महासभाको ‘साइडलाइन’मा प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता गरेका थिए।

महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री बालेनले जलवायु परिवर्तन र युद्धका कारण नेपालजस्ता मुलुकले भोगिरहेको दोहोरो असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।