कञ्चनपुर भन्सारका अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए

धनगढी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले भट्टलाई गड्डाचौकीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको हो।
भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच विवाद भएको विषय सार्वजनिक भएपछि विभागले भट्टलाई विभागमा बोलाएको हो।
भन्सार विभागका अनुसार दुई अधिकारीबीच उत्पन्न विवादसँग सम्बन्धित सार्वजनिक विवरणबारे थप बुझ्नुपर्ने भएकाले भट्टलाई विभागमा हाजिर हुन पत्राचार गरिएको हो।
यद्यपि, भन्सार विभागले विवादमा को दोषी वा निर्दोष भन्नेबारे कुनै निष्कर्ष सार्वजनिक गरेको छैन । थप अध्ययन तथा बुझाइपछि आवश्यक प्रक्रिया अघि बढ्ने विभागको निष्कर्ष छ ।
एसपी केसी सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीमा कार्यरत छन्। विवादको विषयमा थप छानबिन तथा अध्ययनपछि आवश्यक निर्णय लिइने विभागले जनाएको छ।



प्रतिकृया दिनुहोस्