एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार बैठकमा कार्यदलले तयार पारेका प्रतिवेदनमाथि छलफल हुनेछ।
कार्यदल संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएका थिए।
शुक्रबारको बैठकमा दुवै प्रतिवेदन अध्ययन गरी आगामी बैठकबाट साझा निष्कर्षसहित एउटै प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको थियो।
आजको बैठकले दुवै प्रतिवेदनका मुख्य सुझाव तथा निष्कर्षमाथि छलफल गरी पार्टी पुनर्गठन र निर्वाचन समीक्षासम्बन्धी साझा प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ।



प्रतिकृया दिनुहोस्