September 11, 2026, Friday
२०८३ भाद्र २६

प्रतिनिधिसभाको बैठक आज बस्दै : दुई विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ। बैठक अपराह्न १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ।

बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष ९दसौँ संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

प्रतिनिधिसभाको बैठकसँगै आज संघीय संसद्का विभिन्न छवटा समितिको बैठकसमेत बस्दैछ। समितिहरूमा सम्बन्धित विषयमा छलफल तथा निर्णयका लागि छुट्टाछुट्टै कार्यसूची तय गरिएको छ।