August 31, 2026, Monday
२०८३ भाद्र १५

चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ८ सहित ९ जनाको उद्धार

काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ८ सहित ९ जनाको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया र विजय डंगौरासहित बाजुराका प्रकाशबहादुर धामी र उमेश धामीको उद्धार भएको हो ।

उद्धार हुनेमा स्याङ्जाका नारायण भट्टराई पनि छन् ।

उनीहरू रुबीभ्याली हुँदै सशस्त्र प्रहरीको बीओपीमा पुगेका थिए । त्यसपछि सशस्त्र प्रहरीले उनीहरूको उद्धार गरेको हो ।