रसुवा बाढी अपडेट : १६ जनाको मृत्यु, ३६ घाइतेको उद्धार
- Eraibar
- २०८३ भाद्र १०, बुधबार १६:३९
- 10 Shares

काठमाडौँ । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको भीषण बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतकमध्ये ७ महिला र ८ पुरुष छन्। एक जनाको भने पहिचान खुल्न बाँकी छ। बाढीमा घाइते भएकामध्ये रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढीपछि त्रिशूली तथा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा समेत उच्च जोखिम देखिएको छ। खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
- शिक्षकको विशेष बढुवा अब जिल्लाबाटै, ६ हजार उजुरीको पुनरवलोकन तीव्र बनाउँदै आयोग
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्