April 28, 2026, Tuesday
२०८३ बैशाख १५

नेपाल-भारत सीमा समस्याबारे छलफल गर्दै नेकपा स्थायी कमिटी

काठमाण्डौ मंसिर २९ (ई-रैवार)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपाल९भारत सीमा समस्याबारे छलफल हुने भएको छ। आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकको लागि ५ वटा एजेन्डा तय गरेको थियो। जसमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध थिए।
त्यस लगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा धुम्वाराहीमा बसेको स्थायी कमिटी बैठकले सामान्य छलफलपश्चात बैठकको एजेण्डाका रुपमा पाँच वटै विषयलाई स्वीकार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
आजको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गरेका थिए। यसैगरी विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरे। स्थायी समितिको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ।