October 29, 2026, Thursday
२०८३ कार्तिक १४

रास्वपा संसदीय दलको बैठक जारी, दलका नेता तथा प्रधानमन्त्री बालेन अनुपस्थित

काठमाडौं : रास्वपा संसदीय दलको बैठक जारी छ। सभापति रवि लामिछानेले बोलाएको बैठकमा मन्त्री तथा सांसदहरू सहभागी छन्। तर संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भने बैठकमा उपस्थित छैनन्।

सदनमा सांसदहरूको गतिविधि तथा पार्टीको संसदीय भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा पछिल्ला राजनीतिक गतिविधिको समीक्षा, संसदीय भूमिका र सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको छ।

मन्त्रीहरूको अनिवार्य उपस्थितिको निर्देशन दिइएकाले सबै मन्त्री बैठकमा सहभागी भएका छन्। तर संसदीय दलका नेता शाहको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पछिल्लो समय उनी संसदीय दलको बैठक तथा संसद् बैठकमा समेत नियमित सहभागी नहुने देखिँदै आएका छन्।