April 17, 2026, Friday
२०८३ बैशाख ४

स्वास्थ्यकर्मी भट्ट थुनामूक्त

डोटी मंसिर २६(ईरैवार)
खोपमा हेलचक्र्याईँको आरोपमा पक्राउ परेका घण्टेश्वर स्वास्थ्यचौकीका ईन्चार्ज हीरादत्त भट्टलाई प्रहरीले थुनामूक्त गरेको छ । पक्राउ परेको सातादिनपछि जिल्ला प्रहरी कार्यालय डोटीले उनलाई थुनामुक्त गरेको हो । उनलाई जिल्ला अस्पताल डोटीका ल्याब टेक्नीसियन सुशिल जोशीको रहोवरमा प्रहरीले थुनामुक्त गरेको जनाएको छ ।
‘वर्तमान कानुन अनुसार यस्तो अवस्थामा मेडिकल काउन्सिलले अनुसन्धान गरेपछि कानुनी उपचार अघि बढाउनुपर्ने भएकाले उहाँलाई थुनामुक्त गरेको हौ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिँह देउवाले भने ।
जोरायल गाउँपालिका–१ घण्टेश्वरमा रहेको खार खोप केन्द्रमा मंसिर १७ गते खोप लगाएपछि सोही ठाउँका टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको मृत्यु भएको थियो । शिशुका अभिभावकको किटानी जाहेरीका आधारमा खोप लगाउन संलग्न स्वास्थ्यचौकी इन्चार्ज हीरादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको थियो । जसको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित थिए ।