April 17, 2026, Friday
२०८३ बैशाख ४

स्वास्थ्यकर्मी पक्राउ विरुद्ध आन्दोलन

डोटी मंसिर २४(ई-रैवार)
खोपमा हेलचक््रयाईँको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेको विरुद्ध डोटीका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । मंगलबार स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा कालो पट्टी बाँधेर आन्दोलन गरे ।
जोरायल गाउँपालिका–१ मा घण्टेश्वरमा रहेको खार खोप केन्द्रमा अघिल्लो मंगलबार खोप लगाएपछि सोही ठाउँका टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको मृत्यु भएको थियो । शिशुका अभिभावकको किटानी जाहेरीका आधारमा खोप लगाउन संलग्न स्वास्थ्यचौकी इन्चार्ज हीरादत्त भट्टलाई
प्रहरीले पक्राउ गरेको थियो ।
जसको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । आन्दोलित स्वास्थ्यकर्मीहरुले सोमबार डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेलमार्फत गृह सचिवलाई ज्ञापन पत्र पठाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सोही अनुसार मंगलबार कालो पट्टी बाँधेर विरोध गरेका हुन् ।
आन्दोलनका कार्यक्रम अनुसार बुधबार जिल्लाका सबैै खोप सेवा बन्द गर्ने तथा पुुस १ गतेदेखि जिल्लाभर आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
स्वास्थ्यकर्मीहरुको खोपकै कारण मृत्यु भए÷नभएको विषय अनुसन्धानबाट मात्रै पत्ता लाग्ने र आफ्नो कुनै दोष नरहेको दावी छ । मृतक शिशुका आफन्तहरुले भने स्वास्थ्यकर्मीको हेलचक््रयाईँले मृत्यु भएको आरोप लगाएका छन् ।
यस विषयमा आवश्यक अनुसन्धान भईरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले बताए ।