October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ 

काठमाडौँ : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहसचिव भट्टराईलाई पक्राउ गरेको हो ।

सीआईबीका एसपी अनुपम शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईलाई पक्राउ गरेको हो ।

भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर हुँदा उनी उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।