July 28, 2026, Tuesday
२०८३ श्रावण १२

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

काठमाडौं ; प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका हुन ।

मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गरेका हुन्।कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै यसबारे प्रश्न गरेका थिए । उक्तप्रश्नको जवाफमा प्रवक्ता जैसवालले भने,’पहिलो प्रश्नकोबारेमा म जानकार छैन । नेपालका प्रधानमन्त्रीको भ्रमणकोबारे निमन्त्रणा गइसकेको छ ।’