July 20, 2026, Monday
२०८३ श्रावण ४

रुकुमपूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

काठमाडौं : रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ ।

अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको उल्लेख गरेका छन् ।