October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

काठमाडौं : काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । प्रहरीका अनुसार राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

उनको केहीबेरअघि मात्रै निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।