February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगले दियो निर्देशन

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनावी घोषणापत्र सार्वजनिक गर्न र निर्वाचन आयोगमा पेस निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले घोषणापत्र पेस गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २१ फागुनमा निर्वाचनमा भाग लिने दलहरूले मंगलबार (माघ २७) आचारसंहिताको दफा ३७ बमोजिम चुनावी घोषणापत्र दलले आयोग र उमेदवारले  निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा उमेदवारले घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा चुनाव प्रचार गर्नुपर्ने उल्लेख छ । ३७ को २(१) अनुसार घोषणापत्र दलले आयोग र उमेदवारले निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । 

आचारसंहितामा प्रगतिको कार्य प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन आउँदो फागुन २१ गते हुँदै छ । हालसम्म अधिकांश दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् । फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ ।

yog-1770721476.png