February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

देउवा चुनावी सभामा सहभागी हुने नहुने कुनै तयारी छैन : सचिवालय

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको चुनावी सभामा वा प्रचार अभियानमा निस्कने कुनै तयारी नरहेको सचिवालयले जनाएको छ ।

केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो । ‘देउवा चुनावी अभियानमा निस्कने’ भन्दै आएका समाचारप्रति खण्डन गर्दै सचिवालयले त्यस्तो तयारी नरहेको जानकारी गराएको हो । 

फागुन २१ गते हुने चुनाव अगाडि प्रचारप्रसारका कार्यक्रममा जाने/नजाने कुनै निर्णय गरेका छैनन् । देउवाका स्वकीय सचिव भानु देउवाले चुनावी प्रचारप्रसारका कार्यक्रममा जाने/नजाने कुनै निर्णय नभएको जानकारी दिएका हुन ।

सचिवालले स्वास्थ्यका कारण पनि सभा, सम्मेलनमा जाने अवस्था नरहेको तथा पार्टीको कुनै पनि तहबाट त्यस्तो कुनै परामर्श नभएको जानकारी गराएको छ ।

गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट कांग्रेसले नेतृत्व फेरेको छ । त्यसयता देउवा पार्टी गतिविधिमा संलग्न छैनन् ।