प्रतिनिधिसभा निर्वाचन : प्रचारको समय १५ दिन मात्र

काठमाडौँ : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी प्रचार प्रसारका लागि १५ दिनको समय तोकेको छ ।
आयोगले जारी गरेको आचार संहितामा मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसारको समय तोकेको छ ।
मतदानभन्दा ४८ घण्टा पूर्वसम्म मौन अवधि रहने भएकाले त्यस अवधिमा प्रचार प्रसारमा पूर्ण रोक लगाइएको हुन्छ । मौन अवधिलाई घटाउँदा दल र उम्मेदवारले प्रचार प्रसारको समय १५ दिन पाएका छन् ।
प्रचार प्रसारका लागि पाएको १५ दिनको अवधिमा मात्र जुलुस, आमसभा वा कोणसभा गर्न पाइने छ । उम्मेदवारको अन्तिम मतदाता नामावली ९ माघमै प्रकाशित हुँदैछ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसके पनि आचारसंहिता अनुसार प्रचार प्रसार प्रारम्भ गर्नका लागि उनीहरुले तीन साता जति कुर्नुपर्ने हुन्छ ।
फागुन ३ गतेबाट मात्र उम्मेदवारले सभा, जुलुस, सञ्चार माध्यमबाट प्रचार प्रसार, चुनावी सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाउने छन् ।





प्रतिकृया दिनुहोस्