December 7, 2025, Sunday
२०८२ मंसिर २१

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बैठक बिहान ११ बजेका लागि आह्वान भएको जानकारी दिएका हुन ।

चौधरीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय भएसँगै महामन्त्री गगन थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन् ।

समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य छन् । 

केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ ।