एनपीएलको दोस्रो संस्करणमा डाबर नेपाल सुदूरपश्चिम रोयल्सको एसोसियट पार्टनर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ । सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार (कात्तिक २६) काठमाडौंमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरेका हुन ।
सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए । “डाबरजस्तो कम्पनी टोलीसँग जोडिएकोमा हामी खुसी छौँ,” खड्काले भने, “यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ ।”
यता, डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले यो साझेदारीलाई सुखद् अवसरको रूपमा लिएको बताए । उनले भने, “डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले सर्वाधिक समर्थक भएको टोलीलाई नेपालको नम्बर एक टूथपेस्ट ब्रान्डसँग जोडेको छ ।”
सुदूरपश्चिम रोयल्सको टोली :
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन
मुख्य प्रशिक्षक : जगत टमटा





प्रतिकृया दिनुहोस्