April 30, 2026, Thursday
२०८३ बैशाख १८

प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । छलफल दिउँसो साढे २ बजे सिंहदरबारमा हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

बैठकमा नेपालस्थित सबै (२६) कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई छलफलमा बोलाइएको बताइएको छ ।

बैठकमा नेपालको समसामयिक अवस्थाका र २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा ब्रिफिङ हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ । 

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको अवस्था, निर्वाचनको तयारी लगायतका विषयमा राजदूतहरूलाई ब्रिफिङ गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।

‘प्रधानमन्त्रीज्यूले नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुख/राजदूतहरूलाई ब्रिफिङ गर्न लाग्नु भएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोज राम रावलले जानकारी दिए।