बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ
- Eraibar
- २०७६ श्रावण २५, शनिबार १८:४३
- 9 Shares

दार्चुला साउन २५(ई-रैवार) : दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।
प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् ।
झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा छाला बरामद गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने कठायतले बताए ।
- सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै
- डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा, केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
- प्रदेश सरकार संचालन गर्न एमाले र नेकपाबिच ३ बुँदे सहमति, कुन प्रदेश कस्लाई ?
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा
- अनशनरत डा. केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो, आईसीयूमा राखेर उपचार सुरु
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३





प्रतिकृया दिनुहोस्