दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता
- Eraibar
- २०८२ भाद्र १६, सोमबार १५:३७
- 9 Shares

दार्चुला : दार्चुलाको नौगाडबाट गोकुलेश्वर जाँदै गरेको अटोरिक्सा नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका-५ सौकेबगर नजिकबाट म१ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला बेपत्ता भएको प्रहरीले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना यात्रु अटोसहित नदीमा खसेर बेपत्ता भएका छन् । उद्धारको प्रयास भइरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए ।
अटोचालक मनिराम भुल र उनका छोरा घाइते अवस्थामा रहेका छन् । अटोचालक सख्त घाइते भएकाले महिलाहरुसित अरु बच्चाहरू पनि हुन सक्ने अनुमान गरिएको छ ।
अटोचालक भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका १७ वर्षीय छोरा आयुषको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । बेपत्ताहरूको पहिचान खुल्न सकेको छैन ।
- सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै
- डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा, केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
- प्रदेश सरकार संचालन गर्न एमाले र नेकपाबिच ३ बुँदे सहमति, कुन प्रदेश कस्लाई ?
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा
- अनशनरत डा. केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो, आईसीयूमा राखेर उपचार सुरु
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३





प्रतिकृया दिनुहोस्