दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता
- Eraibar
- २०८२ भाद्र १६, सोमबार १५:३७
- 6 Shares

दार्चुला : दार्चुलाको नौगाडबाट गोकुलेश्वर जाँदै गरेको अटोरिक्सा नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका-५ सौकेबगर नजिकबाट म१ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला बेपत्ता भएको प्रहरीले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना यात्रु अटोसहित नदीमा खसेर बेपत्ता भएका छन् । उद्धारको प्रयास भइरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए ।
अटोचालक मनिराम भुल र उनका छोरा घाइते अवस्थामा रहेका छन् । अटोचालक सख्त घाइते भएकाले महिलाहरुसित अरु बच्चाहरू पनि हुन सक्ने अनुमान गरिएको छ ।
अटोचालक भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका १७ वर्षीय छोरा आयुषको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । बेपत्ताहरूको पहिचान खुल्न सकेको छैन ।
- महाधिवेशन मितिबारे कांग्रेस बैठकमा जुहारी कायमै
- एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छ : प्रधानमन्त्री कार्की
- राष्ट्रपति पौडेल स्वदेश फिर्ता
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनका दुई प्रस्ताव पेश गर्ने तयारी
- अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका
-
आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालको लगातार तेस्रो हार
२०८२ कार्तिक १५, शनिबार १९:२३ -
आईसीसी विश्व क्रिकेट लिग २ : नेपालले अमेरिकासँग खेल्दै, पहिला ब्याटिङ गर्ने
२०८२ कार्तिक १५, शनिबार १०:४४ -
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
२०८२ कार्तिक १५, शनिबार १०:१८ -
पाकिस्तानी क्रिकेटर बाबरले तोडे रोहितको रेकर्ड
२०८२ कार्तिक १५, शनिबार १०:३२ -
देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड
२०८२ कार्तिक १५, शनिबार १५:१४



प्रतिकृया दिनुहोस्