नाउपाको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता

धनगढी : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए।
राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको निर्वाचन आयोगले हिजो राति निर्णय गरेको स्रोतले जनाएको छ ।
निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए ।
उनीहरूको जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर रन्तिलालाई नै अध्यक्ष कायम गरिएको आयोग स्रोतले जनाएको छ ।
रञ्जिता निकट एक नेताले भने, “निर्णय राति अबेर भएको हो, तर अहिलेसम्म हामीले पत्र पाएका छैनौँ। सायद आज पत्र आउला, त्यसपछि मात्र केही भन्न सकिन्छ।”
यसअघि रेशम चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए। त्यसपछि लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइएको थियो।





प्रतिकृया दिनुहोस्