नदीमा डुबेर दाजुभाइको मृत्यु
- Eraibar
- २०८२ श्रावण २, शुक्रबार ११:१६
- 5 Shares

धनगढी । नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका- ११ स्थित सुर्मा खोलामा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
उनीहरू के कारण नदीमा डुबेका थिए भन्ने स्पष्ट जानकारी भने छैन । घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुलाई नदीमा डुबेको अवस्थामा प्रहरीले बिहिवार दिउँसो ३ बजेको समयमा उद्धार गरि सेती प्रादेशिक अस्पताल पुर्याएको थियो। चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्