के.आई.सिंह गाउँपालिकाले ल्यायो ४६ करोड ५६ लाख बजेट

डोटी । के.आई.सिंह गाउँपालिकाले ४६ करोड ५६ लाख ७४ हजार पाँच सय १६ रुपैयाँ वरावरको बजेट ल्याएको छ । मगलबार गाउँपालिका उपाध्यक्ष मीना विष्टले आगामी आर्थिक बर्ष ०८२र०८३ का लागी ४६ करोड ५६ लाख ७४ हजार पाँच सय १६ रुपैयाँ वरावरको बजेट पेश गरेकी हुन ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले गाउँपालिकाको १७ औं गाउँसभाको नीति तथा कार्यक्रममा “घरघरवाट वढाउँ हात–श्रमदानमा गरौं साथ !” भन्ने नाराका साथ श्रमदान अभियान संचालन गर्ने बुँदा प्रस्तुत गरेका थिए ।
गाउँपालिकाभित्रका मुख्य योजनाहरूको छनोट गरि श्रमदान मार्फत निर्माण सम्पन्न गर्ने तथा पालिका भित्रका विधालयहरूमा समेत श्रम संस्कृति विस्तार गर्ने नीति गाउँपालिकाले लिएको छ ।
“वडालाइ समेत श्रमदानवाट बनाउनु पर्ने योजनाहरुको माग गरिएको छ”, अध्यक्ष शाहीले भने, “पालिकाले पनि ठोस र महत्वपूर्ण योजना छनोट गरि श्रमदानवाट सम्पन्न गर्नेछ ।” उनले सिमित स्रोत साधन आयस्रोत भएकाले जनताहरुका असिमित माग पुरा गर्न विगतमा आफूले सुरु गरेको श्रमदान अभियानलाइ तिव्रता दिइने वताए ।
यस अघि केआईसिंह गाउँपालिकाले श्रमदानवाट तुस्यात खोलामा ४० लाख बरावरको आरसिसि ढलान, वायलमा पुल निर्माण लगायतका योजना सम्पन्न गरेको थियो ।




प्रतिकृया दिनुहोस्