December 7, 2025, Sunday
२०८२ मंसिर २१

सायलले ल्यायो ३८ करोड ४४ लाखको बजेट, शैक्षिक विकासमा जोड

डोटी । डोटीको सायल गाउँपालिकाको १७ औ अधिवेशनले आगामी आर्थिक वर्षका लागि ३८ करोड ४४ लाख ८ हजार ८ सय ७६ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

गाउँपालिकाले संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानमा ८ करोड ४७ लाख, संघीय सरकारबाट सशर्त अनुदान १० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड अनुदान ९ करोड १३ लाख ८२ हजार ८ सय ७६, संघीय समपूरक अनुदान ९० लाख संघीय विशेष अनुदान पुँजीगततर्फ १ करोड १५ लाख, प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान ७२ लाख ३७ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त अनुदान २७ लाख ८९ हजार, प्रदेश समपूरक अनुदान ९० लाख, प्रदेश विशेष अनुदान ८० लाख, आन्तरिक आम्दानी ३५ लाख र कोष मौज्दातमा १५ लाख रुपैयाँको बजेट गाउँपालिका उपाध्यक्ष निर्मला बोहरा ओलीले गाउँ सभामा प्रस्तुत गरिन् ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाले शैक्षिक सुधारका लागि बढी जोड दिएको गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताए ।