आदर्श गाउँपालिकाले ल्यायो ५२ करोड ६७ लाखको बजेट : स्वास्थ्य, शिक्षा र कृषिमा जोड

डोटी । डोटीको आदर्श गाउँपालिकाले ५२ करोड ६७ लाख ४० हजारको बजेट ल्याएको छ । मंगलबार आदर्श गाउँपालिकाको गाउँ सभाको १७ औ गाउँसभा गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायाले बजेट प्रस्तुत गरेकी हुन् ।

संघीय समानीकरण अनुदानमा ९ करोड २६ लाख, संघीय राजश्व बाँडफाँडमा ९ करोड ६६ लाख, संघीय सशर्त अनुदान २५ करोड ८० लाख, संघीय विशेष पुँजीगत अनुदानमा ६९ लाख, संघीय समपूरक पुँजीगत अनुदान २ करोड ४० लाख, प्रदेश समानीकरण अनुदान ८१ लाख ९६ हजार, प्रदेश सवारी साधन करबापत २९ लाख ४४ हजार, प्रदेश सशर्त अनुदान ५२ लाख, प्रदेश विशेष अनुदान ३५ लाख, प्रदेश समपूरक अनुदान १ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ३५ लाख र गत वर्षको मौज्दात १ करोड रुपैयाँको बजेट गाउँपालिकाकी उपाध्यक्ष रोकायाले गाउँ अधिवेशनमा प्रस्तुत गरिएको छ ।
यस वर्ष गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, युवा स्वरोजगार र यातायात क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका गाउपालिका अध्यक्ष गणेश खड्काले बताउनु भयो ।




प्रतिकृया दिनुहोस्