April 19, 2026, Sunday
२०८३ बैशाख ६

नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया

काठमाडौं । नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको हो।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।’

विदेशी प्लाष्टिक सर्जन डा. अलरिजा हामीदियान जारोमीको नेतृत्वमा तथा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो।

अप्रेशनहरुमा सो विभागका सम्पूर्ण प्लाष्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी डा. समीत शर्मा, डा. विकेश राजभण्डारी डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विनको सहभागिता थियो तथा एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टीमले सहयोग गरेका थिए।

अबदेखि स अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवाहरु सुचारु गर्दै जाने डा. जयनमान श्रेष्ठले जानकारी दिएका छन्।