धनगढी-खुटिया-दिपायल द्रुतमार्ग सडकखण्डमा पक्की पुल बन्दै

धनगढी । धनगढी-खुटिया-बीपीनगर-दिपायल द्रुतमार्गअन्तर्गत धनगढी-स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । गोदावरी नगरपालिका-८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका-५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो ।
धनगढी-स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका-८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका-५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो ।
पुल निर्माणका लागि तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छ भने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ ।
आयोजना कार्यालयका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ । २०६४ सालमा खुटिया-दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो । पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले- धनगढी १० किलोमिटर सडकको सर्भे भएको थियो ।
धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभञ्ज्याङ फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणमा विलम्ब भएको छ ।
प्रतिकृया दिनुहोस्